जर्मनीमा फेरि बढे कोरोना संक्रमित, दैनिक १ लाखमा संक्रमण पुष्टि

नेपालभ्युज

जर्मनीमा फेरि बढे कोरोना संक्रमित, दैनिक १ लाखमा संक्रमण पुष्टि

एजेन्सी। जर्मनीमा फेरि कोरोना भाइरसका संक्रमितहरु बढ्न थालेका छन्।

जर्मनीको रोबर्ट कोच इन्स्टिच्युटले दिएको जानकारी अनुसार मंगलबार मात्र १ लाख भन्दा बढी संक्रमित देखिएका छन्।

त्यहाँ गएको अप्रिल महिनामा ओमिक्रोन भेरियन्ट आएपछि दैनिक करिब १ लाख संक्रमित पुग्ने गरेका थिए। त्यसपछि पछिल्ला केही हप्तामा संक्रमितहरु घट्दै गएकामा अहिले दैनिक १ लाखसम्म पुगेको हो।

जर्मनी सरकारले सार्वजनिक स्थलहरुमा हुने जमघट तथा अन्य कतिपय कार्यहरुमा आगामी दिनमा के कसरी नियन्त्रण गर्ने भन्ने बारेमा छलफल गरिरहेको पनि स्वास्थ्य क्षेत्रका अधिकारीहरुले जनाएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved