राज्यमन्त्री विमला वली प्रहरी नियन्त्रणमै, ‘प्रेमी’ एकराज बस्नेत सम्पर्कविहीन

लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमलाकुमारी खत्री (वली)लाई प्रहरीले नियन्त्रणमा लिएपछि उनका ‘प्रेमी’ एकराज बस्नेत सम्पर्कविहीन बनेका छन्। नेकपा माओवादी केन्द्रको भातृसंगठन वाइसिएलका नेता समेत रहेका एकराज बिहानैबाट कसैको सम्पर्कमा छैनन्।

नेपालभ्युज

राज्यमन्त्री विमला वली प्रहरी नियन्त्रणमै, ‘प्रेमी’ एकराज बस्नेत सम्पर्कविहीन

काठमाडौं। लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमलाकुमारी खत्री (वली)लाई प्रहरीले नियन्त्रणमा लिएपछि उनका ‘प्रेमी’ एकराज बस्नेत सम्पर्कविहीन बनेका छन्। नेकपा माओवादी केन्द्रको भातृसंगठन वाइसिएलका नेता समेत रहेका एकराज बिहानैबाट कसैको सम्पर्कमा छैनन्।

एकराजकी श्रीमती र छोरीलाई कुटपिट गरेको भन्दै प्रहरीले राज्यमन्त्री वलीलाई नियन्त्रणमा लिएको छ। तुलसीपुर– ५ बसपार्कस्थित घरमै गएर कुटपिट गरेको भन्ने सूचना पाएपछि प्रहरी त्यहाँ पुगेको थियो।

राज्यमन्त्री ओलीलाई अहिले इलाका प्रहरी कार्यालय तुलसीपुरमा राखिएको छ। यता एकराज बस्नेत भने अझै सम्पर्कविहीन रहेका प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय तुलसीपुरले भन्यो ‘‘राज्यमन्त्री वलीज्यूलाई नियन्त्रणमा लिएका छौँ। घटनाबारे अनुसन्धान गर्दैछौं। एकराज बस्नेतको श्रीमतीहरू आउनुभएको छ। तर एकराजजी आउनुभएको छैन।’’

‘प्रेमी’की श्रीमतीलाई हातपात गरेपछि स्वास्थ्य राज्यमन्त्री विमला वली प्रहरी नियन्त्रणमा 

बस्नेतकी श्रीमतीले राज्यमन्त्री वलीले आफूमाथि हातपात गरेको र कारवाहीको माग गर्दै उजुरी दिएकी छिन्।
ईप्रका तुलसीपुरका प्रहरी आएर एकराजको कोठाबाट विमलालाई नियन्त्रणमा लिएको भिडिओ सामाजिक सञ्जालमा भाइरल बनेको छ। राज्यमन्त्री विमलाका दुई छोरा छन्। विमलाका श्रीमानको केही समयअघि दुर्घटनामा निधन भएको थियो।

गत वर्ष भदौमा विमलाले आफ्नो फेसबुक स्टोरीमा एकराजलाई चुम्बन गरेको फोटो पोस्ट गरेकी थिइन्। उक्त फोटोमा धेरैले आपत्ति जनाएपछि तस्वीर एडिट गरेर कसैले चरित्रहत्या गरेको आरोप लगाएकी थिइन्। उनले एकराज आफ्नो भाइ पर्ने दाबी गरेकी थिइन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved