नेसन्स लिग फुटबल : क्रोएसियासँग हार्‍यो फ्रान्स

समूह चरणअन्तर्गतको खेलमा क्रोएसियाले फ्रान्सलाई १–० ले हरायो।

नेपालभ्युज

नेसन्स लिग फुटबल : क्रोएसियासँग हार्‍यो फ्रान्स

काठमाडौं। यूईएफए नेसन्स लिग फुटबलमा विश्वविजेता फ्रान्स पराजित भएको छ।

फ्रान्स गएरातिको खेलमा २०१८ को विश्वकप फुटबलमा उपविजेता बनेको क्रोएसियासँग पराजित भएको हो।

समूह चरणअन्तर्गतको खेलमा क्रोएसियाले फ्रान्सलाई १–० ले हरायो। क्रोएसियाको जितमा एकमात्र निर्णायक गोल लुका मोड्रिकले निर्णायक गोल गरे।

खेलको पाँचौँ मिनेटमै मोड्रिकले पेनाल्टीमार्फत गोल गरेका हुन्।

जितसँगै ४ खेलमा ७ अंक जोडेको क्रोएसिया लिग एको समूह १ को दोस्रो स्थानमा छ।

४ खेलमा २ अंक मात्रै जोडेको फ्रान्स भने अंक तालिकाको पुछारमा रहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved