अर्थमन्त्रीले तत्काल राजीनामा दिनुपर्छ : कमल थापा

नेपालभ्युज

अर्थमन्त्रीले तत्काल राजीनामा दिनुपर्छ : कमल थापा

काठमाडौं । निरन्तर विवादित बन्दै गएका अर्थमन्त्री जनार्दन शर्माको राजीनामा राप्रपा नेपालका अध्यक्ष कमल थापाले मागेका छन्।

बजेट निर्माण र खासगरी करको दर निर्धारण गर्ने संवेदनशील र गोप्य कार्यमा असम्बन्धित र गैरजिम्मेवार व्यक्तिलाई संलग्न गराउनु जघन्य आर्थिक अपराध र अनैतिक कार्य भएको सोमबार राति एक ट्विट गर्दै अध्यक्ष थापाले लेखेका छन्।

अर्मन्त्री शर्माले तत्काल राजीनामा दिनुपर्ने थापाको माग छ। अन्यथा अर्थमन्त्रीलाई प्रधानमन्त्रीले पदबाट हटाउनुपर्ने वा पार्टीले फिर्ता बोलाउनुपर्ने उनले लेखेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved