बौद्ध धर्मको मानमर्दन गरेको भन्दै कबड्डी ४ विरुद्ध उजुरी

नेपालभ्युज

बौद्ध धर्मको मानमर्दन गरेको भन्दै कबड्डी ४ विरुद्ध उजुरी

काठमाडौं । कबड्डी ४’ विरुद्ध काठमाडौं जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको छ।

फिल्मले बौद्ध धर्मको मानमर्दन गरेको भन्दै रोविनकुमार लामाले सोमबार फिल्मविरुद्ध उजुरी दर्ता गराएका प्रशासनका सूचना अधिकारी दीपक पौडेलले जानकारी दिए।निवेदक लामाले फिल्मको प्रदर्शन रोक्न समेत माग राखेका छन्। उनले दृश्य काँटछाँट गर्न पनि माग गरेका छन्। निवेदनमा सेन्सर बोर्ड र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई विपक्षी बनाइएको छ।

उजुरीमा लामाले उल्लेख गरेका छन्, ‘कबडडी ४ चलचित्रको मूल कथावस्तु र प्रस्तुतिका दृश्यहरू बौद्ध धर्मावलम्बी लामा भिक्षु वर्ग, सनातन बौद्ध सम्प्रदाय विशेषको मानमर्यादामा गम्भीर हानि नोक्सानी पुर्‍याई ‍अपहेलित गर्ने साथै सामाजिक सुसम्बन्धमा विरोध पर्ने प्रकृतिको रही सार्वजनिक हित सदाचार वा नैतिकताको प्रतिकूल असर पर्ने विषय समावेश हुँदाहुदै चलचित्र निर्माण, प्रदर्शन तथा वितरण ऐन, २०२६ को दफा ८ को उपधारा ४ बमोजिम हटाउन लगाई काँटछाँट वा हेरफेर गर्ने आदेश जारी गरी पाऊँ।’

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved