विद्युत् कटौती रोक्न माग गर्दै वितरण केन्द्रमा धर्ना

अनियमित रुपमा विद्युत् कटौती हुन थालेपछि धनगढी–१२ का स्थानीयले सोमबार कार्यालय प्रमुखको कार्यकक्षमै धर्ना दिएका छन्।

नेपालभ्युज

विद्युत् कटौती रोक्न माग गर्दै वितरण केन्द्रमा धर्ना

धनगढी। धनगढीमा अनियमित विद्युत कटौती रोक्न माग गर्दै स्थानीयले वितरण केन्द्रमा धर्ना दिएका छन्।

अनियमित रुपमा विद्युत् कटौती हुन थालेपछि धनगढी–१२ का स्थानीयले सोमबार कार्यालय प्रमुखको कार्यकक्षमै धर्ना दिएका हुन्।

विद्युत् सेवा नियमित र सहज बनाउन माग गर्दै सोमबार दिउँसो विद्युत् मनकामना युवा क्लबको नेतृत्वमा धर्नामा बसेका स्थानीयले प्राधिकरणका प्रमुख सुर्यनारायण मण्डलको ध्यानाकर्षण गराउँदै शिघ्र माग पूरा नगरे थप संघर्षका कार्यक्रम अघि बढाउने चेतावनी दिए।

पहलमानपुर, पवेरा, हसुलिया ग्रीडको लाइन हटाएर धनगढीबाट लाइन जडान गर्नुपर्ने, वडाभरी ट्रान्सफर्मर, पोल र तारको व्यवस्था गर्नुपर्ने लगायतको माग राखिएको क्लबका अध्यक्ष डबल थापाले जानकारी दिए।

विद्युत् वितरण केन्द्रका प्रमुख मण्डलले समस्या समाधान गर्ने प्रतिबद्धता जनाएसँगै धर्ना रोकिएको अध्यक्ष थापाले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved