हावाहुरीका कारण दर्जनौँ घरमा क्षति

कैलालीमा आएको हावाहुरीका कारण दर्जनौँ घरमा क्षति पुगेको छ। केही पशुचौपायसमेतको मृत्यु भएको छ।

नेपालभ्युज

हावाहुरीका कारण दर्जनौँ घरमा क्षति

धनगढी। कैलालीमा आएको हावाहुरीका कारण दर्जनौँ घरमा क्षति पुगेको छ। केही पशुचौपायसमेतको मृत्यु भएको छ।

शनिबार साँझ आएको हावाहुरीका कारण भजनी नगरपालिका ४ झलझलिया शिविरका करिब १ दर्जन घरमा क्षति भएको प्रहरीले जनाएको छ। यस्तै, कैलारी गाउँपालिकामा दर्जनभन्दा बढी घरमा क्षति पुगेको छ।

सालका रुख ढलेर केही घरमा क्षति पुर्‍याएको छ भने केहीको टिन र फुसको छानो उडाएको छ।
मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय कैलाली जनाएको छ। लामो समयसम्म पानी नपरेका कारण कैलालीसहित तराईको जनजीवन गर्मीले प्रभावित भएको थियो।

शनिबार हल्का हावा हुरी सहित आएको पानीले केही राहत भएको छ। अत्यधिक गर्मी भएपछि विद्यालयमा पठनपाठनसमेत प्रभावित भइरहेको छ। कैयौँ विद्यालय केही दिनका लागि बन्द भएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved