१२ वर्षीया आयुष्मा, नाङ्लो बुनेर कमाउँछिन् ‍मासिक तीस हजार

नेपालभ्युज

१२ वर्षीया आयुष्मा, नाङ्लो बुनेर कमाउँछिन् ‍मासिक तीस हजार

काठमाडौं। ‘हुने बिरुवाको चिल्लो पात’ भने झैँ तनहुँकी एक बालिकाले बाँसबाट सामान बनाए राम्रो कमाइ गर्दै आएकी छिन्। जिल्लाको आँबुखैरेनी गाउँपालिका–१ ड्यामनजिक बस्दै आएकी १२ वर्षीय आयुष्मा भुजेलले सानै उमेरदेखि राम्रो आम्दानी गर्दै आएकी हुन्।

स्थानीय अकला आधारभूत विद्यालय कक्षा ५ मा अध्ययनरत उनले बाँसबाट विभिन्न सामान बनाएर बिक्री गरी घरपरिवारको खर्चका लागि सहयोगसमेत गर्दै आएकी छिन्।

बाँसको चोयाबाट निर्मित नाङ्लो प्रतिगोटा रु दुई सयदेखि रु तीन सयसम्म बिक्री गर्ने गरिएको आयुष्माकी आमा सावित्रीले जानकारी दिइन्। छोरीले शनिबार र आइतबार बिदाका दिनमा पाँच/छवटासम्म नाङ्लो बुन्ने गरेकी र अन्य दिनमा पनि बिहान–बेलुका फुर्सदको समय उपयोग गर्ने गरेको उनले बताइन्।

दिनमा पाँचवटासम्म नाङ्लो बुन्ने र दिनमा रु एक हजारका दरले कमाइ गर्दा मासिक रु तीस हजारसम्म कमाइ गर्न सकिन्छ। उनले भने, “हाम्रो पुर्ख्यौली पेशा भनेकै नाङ्लो, डोका, थुन्से र डालो बनाएर बिक्री गर्ने हो र यसैबाट जीविकोपार्जन गर्न बाध्य छौँ।”

त्यस क्षेत्रका अधिकांश भुजेल समुदायले आफ्नो पुर्ख्यौली पेसालाई नै अँगाल्दै आएका र केही व्यक्ति भने वैकल्पिक पेसातर्फ पनि लाग्न थालेको बताइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved