चाँगुनारायण नगरपालिकाले दीर्घरोगीलाई मासिक ५ हजार दिने

नेपालभ्युज

चाँगुनारायण नगरपालिकाले दीर्घरोगीलाई मासिक ५ हजार दिने

काठमाडौं। भक्तपुरको चाँगुनारायण नगरपालिकाले दीर्घ रोगीका बिरामीलाई आर्थिक सहयोग गर्ने भएको छ। नगरपालिकाले पालिकाका स्थानीय दीर्घ रोगीका बिरामीलाई मासिक रु पाँच हजार औषधि उपचारवापत आर्थिक सहयोग दिन लागेको हो।

नगरपालिकाले नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत मिर्गौला प्र्रत्यारोपण गरेको, डायलाइसिस गराइरहेका, मेरुदण्ड पक्षघात भएको र क्यान्सर रोगी भएको बिरामीलाई औषधि उपचारवापत खर्च उपलब्ध गराउने कार्यविधि, २०७८ बमोजिम बिरामीलाई आर्थिक सहयोग गर्ने नगरप्रमुख जीवन खत्रीले जानकारी दिए।

प्रमुख खत्रीले दीर्घरोगीका बिरामीले लामो समयसम्म उपचार गरिरहनुपर्ने भएकाले बढी खर्चिलो हुने हुँदा बिरामीलाई आर्थिक भार कम गर्न औषधि उपचार खर्च उपलब्ध गराउने नीतिअन्तर्गत सहयोग दिने बताए। नगरपालिकाले बिरामीलाई सहयोग दिनेका नाम सङ्कलन गर्ने कार्य थालिसकेको उनले जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved