भासिएको सडक नजिकै मर्स्याङ्दी नदी किनारमा दुई पुरुषको शव भेटियो

नदीमा मोटरसाइकल र कारको पाटपुर्जा भेटिएकाले मानवीय क्षति बढ्न सक्ने सङ्केत देखिएको प्रहरीले जनाएको छ।

नेपालभ्युज

भासिएको सडक नजिकै मर्स्याङ्दी नदी किनारमा दुई पुरुषको शव भेटियो

तनहुँ। पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साँखरस्थित ड्याम नजिक सडक भासिएको ठाउँ नजिकै मर्स्याङ्दी नदी किनारमा दुई पुरुषको शव फेला परेको छ ।

जिल्ला ट्राफिक कार्यालय तनहुँका अनुसार सडक भासिएको स्थाननजिकै शव भेटिएपछि उक्त स्थानमा थप सवारीसाधन र व्यक्ति भासिएको हुनसक्ने आशंकामा गोताखोर परिचालन गरेर खोजी शुरु भएको छ।

भेटिएका दुवै मृतकको पनि सनाखत हुन नसकेको प्रहरीले जनाएको छ। नदीमा मोटरसाइकल र कारको पाटपुर्जा भेटिएकाले मानवीय क्षति बढ्न सक्ने सङ्केत देखिएको प्रहरीले जनाएको छ।

गए रातिदेखि परेको अविरल वर्षाका कारण सडकको भाग भासिएको हो। सडकको भाग तलबाट भासिएकाले बेलिब्रिज नराखेसम्म सवारी आवतजावतमा सम्भव नदेखिएको तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए।

तत्काल मर्मतसम्भार पनि गर्न नसक्ने भएपछि सवारीसाधनलाई जताबाट आएको हो, त्यतैतर्फ फर्काइएको उनले बताए। करिब २० मिटर सडक भासिएको प्रहरीले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved