यू-१९ महिला विश्वकप छनोट : अन्तिम खेलमा मलेसियामाथि नेपालको सहज जित

नेपालले दिएको ८७ रनको लक्ष्य भेट्टाउन नसक्दा मलेसिया पराजित भयो।

नेपालभ्युज

यू-१९ महिला विश्वकप छनोट : अन्तिम खेलमा मलेसियामाथि नेपालको सहज जित

काठमाडौं। आईसीसी यू–१९ महिला टी–२० विश्वकप एसिया छनोटमा नेपालले मलेसियालाई २५ रनले पराजित गरेको छ।

मलेसियाको युकेएम ओभलमाभएको प्रतियोगिताको आफ्नो अन्तिम खेलमा नेपालले मलेसियालाई २५ रनले पराजित गरेको हो। नेपालले दिएको ८७ रनको लक्ष्य भेट्टाउन नसक्दा मलेसिया पराजित भयो।

टस जितेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित ओभरमा सात विकेटको क्षतिमा ८६ रन बनायो। नेपालका लागि अञ्जली विश्वकर्माले ३३ तथा आश्मा पुलामी मगरले २६ रन बनाए।

८७ रनको लक्ष्यसहित मैदान उत्रिएको मलेसिया निर्धारित ओभरमा चार विकेट गुमाएर ६१ रनमात्रै बनाउन सफल भयो। जितसँगै नेपाली टिमले मलेसियामा जारी प्रतियोगिता टुंग्याएको छ।

नेपाल र मलेसिया दुवै यसअघि नै प्रतियोगिताबाट बाहिरिइसकेका छन्। नेपाल पाँच खेलमा तीन जित र दुई हार व्यहोर्दै बाहिरिएको हो।

पहिलो खेलमा कतारलाई ७९ रनले हराएको नेपाल दोस्रो खेलमा यूएईसँग १० विकेटले पराजित भएको थियो। तेस्रो खेलमा भुटानलाई ४ विकेटले हराएको नेपाल चौथो खेलमा थाइल्यान्डसँग ४९ रनले पराजित भएको थियो।

छनोटमा नेपालसहित, आयोजक मलेसिया, यूएई, थाइल्यान्ड, भुटान र कतार रहेका छन्। प्रतियोगिताको शीर्ष टोलीले दक्षिण अफ्रिकामा हुने यू–१९ विश्वकप खेल्नेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved