माधव नेपालले खुलाए मन्त्रिमण्डल पुनर्गठन नहुनुको कारण

प्रधानमन्त्री शेरबहादुर देउवाले समय मागेका कारण तत्काल मन्त्रिमण्डल पुनर्गठन रोकिएको नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले बताए।

नेपालभ्युज

माधव नेपालले खुलाए मन्त्रिमण्डल पुनर्गठन नहुनुको कारण
फाइल तस्वीर

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मन्त्रिमण्डल पुनर्गठन नहुनेको कारण खुलाएका छन्।

पार्टीका नेता रामनारायण चौधरीलाई श्रद्धाञ्जली दिन मंगलबार सप्तरी पुगेका अध्यक्ष नेपालले राजविराज विमानस्थलमा पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले समय मागेका कारण तत्काल मन्त्रिमण्डल पुनर्गठन रोकिएको बताए।

‘‘नयाँ मन्त्रीहरुको नाम प्रधानमन्त्री समक्ष गइसकेको छ। प्रधानमन्त्रीले समय माग्नु भएका कारण तत्काल हेरफेर रोकिएको हो। छिट्टै हुन्छ भन्ने आशा राखेको छु’’, उनले भने।

आइतबार नेकपा एसले आफ्नो पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गरेको थियो। पार्टीले मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गरेसँगै पार्टीका उपमहासचिव डा‍. विजय पौडेलले पार्टीबाट मन्त्री बन्ने नेताहरुको सूची प्रधानमन्त्री कार्यालयमा पठाएका थिए।पार्टीभित्रै विवाद चुलिँदा पनि मन्त्री परिवर्तन गर्ने पार्टीको चाहना पूरा हुन सकेन।

एकीकृत समाजवादीले संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री प्रेम आलेका ठाउँमा पार्टीका प्रमुख सचेतक जीमराम श्रेष्ठलाई मन्त्री बनाउने निर्णय गरेको थियो। यस्तै, हाल शहरी विकासमन्त्री रहेकी रामकुमारी झाँक्रीको स्थानमा मेटमणी चौधरी, विरोध खतिवडा मन्त्री रहेको स्वाथ्य मन्त्रालयमा भवानी खापुङ र किसान श्रेष्ठ मन्त्री रहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीको रुपमा शेरबहादुर कुँवरलाई पठाउने निर्णय गरेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved