यार्सा संकलन गर्न गएकी महिलाको हिमपहिरोमा परी मृत्यु

यार्सागुम्बा संकलनका क्रममा हिमपहिरोमा परी सुर्मा गाउँपालिका–१ नाउलाकी करिब ३० वर्षीया सिन्की बोहराको मृत्यु भएको छ।

नेपालभ्युज

यार्सा संकलन गर्न गएकी महिलाको हिमपहिरोमा परी मृत्यु

बझाङ। यार्सागुम्बा संकलनका क्रममा हिमपहिरोमा परी सुर्मा गाउँपालिका–१ नाउलाकी करिब ३० वर्षीया सिन्की बोहराको मृत्यु भएको छ।

बिहीबार राति करिब १२ बजे धनसेरा भन्ने ठाउँमा टेन्टमा सुतिरहेका बेला माथिबाट खसेको हिमपहिरामा परी बोहराको मृत्यु भएको प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टले जानकारी दिए।

उनीसँग रहेका अरु भने भागेर बाँच्न सफल भएका छन्। मृतक बोहराको उद्धारका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी त्यसतर्फ परिचालन गरिएको विष्टले बताए।

मृतक बोहराका एक छोरा एक छोरी रहेका छन्। वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनपछि सुर्मा, साइपाल र बुङ्गलका बासिन्दा घरमा ताला लगाएर यार्सा सङ्कलनका लागि लेकतर्फ गएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved