एमसीसीजस्तो बुढीगण्डकी नगिजोलौँ : प्रदीप ज्ञवाली

नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले सरकारले ल्याएको बजेट सतही भएको टिप्पणी गरेका छन्।

नेपालभ्युज

काठमाडौं। नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले सरकारले ल्याएको बजेट सतही भएको टिप्पणी गरेका छन्।

प्रतिनिधिसभाको बिहीबार आर्थिक वर्ष २०७९–८० को बजेट छलफलमा भाग लिँदै नेता ज्ञवालीले सरकारले ल्याएको सतही बजेटले आर्थिक बोझ मात्रै बढाउने बताए।

‘‘जमिन नटेकी एकदमै सतही बजेट ल्याउनुभयो। यसले आर्थिक बोझ मात्रै बढाउने हो। यो बजेटले उत्पादकत्व वृद्धि गर्दैन। उत्पादन वृद्धि नगरेपछि सरकारी कोषमा पैसा हुँदैन’’, संसदमा उनले भने, ‘‘यतिधेरै वितरणमुखी कार्यक्रमहरु ल्याउनुभएको छ। तर वितरण गर्न पुग्दैन। वर्तमान सरकारले राजनीतिक अस्थिरता ल्याएको थियो नै, यसले आर्थिक अस्थिरता समेत ल्याएको छ।’’

ठूला योजनाहरूलाई राजनीतिक ध्येय साँध्नका लागि नगिजोल्न पनि उनले सरकारलाई सुझाव दिए।

‘‘तपाईंहरु एमसीसीजस्तै बुढीगण्डकी आयोजना पनि गिजोल्दै हुनुहुन्छ। यो गिजोल्ने कुरामा किन आनन्द आउँछ ? हिजो के देखेर चीनलाई दिने भन्यौँ, आज फेरि नदिने भन्यौँ’’, उनले भने, ‘‘यसले लगानीकर्तालाई विश्वासको सन्देश दिँदैन। विश्वास भएन भने लगानी हुँदैन।’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved