मेलम्चीको दीर्घकालीन समस्या अध्ययन गरिरहेका छौं : खानेपानी मन्त्रालय

नेपालभ्युज

मेलम्चीको दीर्घकालीन समस्या अध्ययन गरिरहेका छौं : खानेपानी मन्त्रालय

काठमाडौं। खानेपानी मन्त्रालयले मेलम्ची खानेपानी हेडवर्क्स मर्मत गरी दिगो रुपमा पानी आपूर्ति गर्ने सम्बन्धमा अध्ययन भइरहेको जनाएको छ।

बुधबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै खानेपानी मन्त्री उमाकान्त चौधरीले यस वर्ष वर्षालाई मध्यनजर गर्दै मेलम्ची खानेपानीको मुखढोका बन्द गरिएको भन्दै यसको दीर्घकालीन समाधानका बारेमा अध्ययन भइरहको जानकारी दिए।

मन्त्री चौधरीले हेडवर्क्स मर्मत गरी दिगो रुपमा पानी आपूर्ति गर्ने सम्बन्धमा हाल एसियाली विकास बैंकको सहयोगमा तयार भइरहेको अध्ययन प्रतिवेदनको आधारमा कार्ययोजना बनाई वर्षायाम सकिनेबित्तिकै कार्यान्वयन गर्ने बताए।

उनले वर्षायाममा आउन सक्ने सम्भावित बाढी तथा पहिरोबाट अर्बौंको लगानीमा निर्माण भएको मेलम्ची खानेपानी आयोजनाका संरचनाहरूलाई सुरक्षित गर्न अति आवश्यक भएकाले मेलम्चीको पानी हाललाई बन्द गरिएको जानकारी दिए।

यसबाट पर्न जाने असुविधा प्रति क्षमा माग्दै मन्त्री चौधरीले उपत्यकामा खानेपानी अभाव हुन नदिन बागमति नदिबाट ४ करोड लिटर आपूर्ति गरिदै आएकोमा थप ६ करोड लिटर पानी पनि बागमतीबाटै र अपुग ७ करोड लिटर पानी स्थानीय सतहबाट जम्मा गरी वितरण गरिने बताए।

काठमाडौं उपत्यकाको खानेपानी समस्याको दिगो समाधानका लािग यांग्री, लार्के, सिस्नेरी महादेव खोलालगायत सम्भाव्य सवै श्रोतहरूबाट पानी उपलब्ध गराउन कार्यक्रमहरू क्रमशः कार्यान्वयन गरिने मन्त्री चौधरीले बताए।

गत वर्षको १ असारमा आएको बाढीका कारण मेलम्चीको मुहानमा क्षति पुगेको थियो। मर्मत सम्भार गरेर गत ११ वैशाखबाट पानी सुरुङमार्गमा पठाइएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved