बजेट कार्यान्वयन हुन्छ : अर्थमन्त्री

नेपालभ्युज

बजेट कार्यान्वयन हुन्छ : अर्थमन्त्री
फाइल तस्वीर

काठमाडौं। अर्थमन्त्री जनार्दन शर्माले आगामी वर्षको बजेट प्रष्ट रूपमा आएकाले कार्यान्वयनमा आशंका नगर्न आग्रह गरेका छन्।

राष्ट्रियसभाको बुधबारको बैठकमा आर्थिक वर्ष २०७९/०८० को बजेटमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री शर्माले बजेटमा उल्लेख कार्यक्रम स्रोत साधन परिचालनको विधि प्रष्ट भएको बताए। कृषि उत्पादन, बजारीकरण तथा प्रशोधनमा श्रम गर्नका लागि युवाहरूलाई परिचालन गरेर रोजगारी सिर्जना गर्ने सरकारको योजना रहेको उनको भनाइ थियो।

उनले सरकारसँग कृषि कार्यक्रम, योगदानमा आधारित किसान पेन्सन जस्ता कार्यक्रमले किसानको सम्मान गर्ने, किसानको मनोबललाई उठाउने उदेश्यका साथ आएको बताए। संघीयता कार्यान्वयन र बलियो बनाउन वित्तीय हस्तान्तरणलाई प्रभावकारी बनाइने उनले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved