उदयपुरमा ट्रक दुर्घटना हुँदा चार जनाको मृत्यु

उदयपुरको कटारी नगरपालिका–१४ सिद्धिचरण मार्गको भदौरेमा आज बिहान ट्रक दुर्घटना हुँदा चार जनाको घटनास्थलमा मृत्यु भएको छ।

नेपालभ्युज

उदयपुरमा ट्रक दुर्घटना हुँदा चार जनाको मृत्यु

उदयपुर। उदयपुरको कटारी नगरपालिका–१४ सिद्धिचरण मार्गको भदौरेमा आज बिहान ट्रक दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार सिरहाको मिर्चैयाबाट सिमेन्ट बोकेर सोलु हाइड्रोपाउवरको लागि सोलुतर्फ जाँदै गरेको ना ८ ख ८२५७ नं को ट्रक कटारीस्थित सिद्धिचरण मार्गको भदौरेमा दुर्घटना भएकाे हाे।

अनियन्त्रित भई सडकबाट सय मिटर तल खस्दा ट्रकमा सवार बाराको सिमरा नगरपालिका–१ का ट्रकचालक ३५ वर्षीय सुजित घलान, सहचालक २५ वर्षीय निकेश खड्का, बारा सिमराकै १७ वर्षीय अनोज लामा र अर्का ३७ वर्षीय राजन तामाङको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक सन्तोष आचार्यले जानकारी दिए।

अहिले मृतकको शव संकलन गरी परीक्षणको लागि कटारी अस्पताल लगिएकाे छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved