निजगढ विमानस्थल निर्माण रोक्ने सर्वोच्चको आदेश ‘विकास बाधक’ : माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण रोक्ने सर्वोच्चको आदेश विकासको बाधक भएको बताएका छन्।

नेपालभ्युज

निजगढ विमानस्थल निर्माण रोक्ने सर्वोच्चको आदेश ‘विकास बाधक’ : माधव नेपाल
फाइल तस्वीर

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण रोक्ने सर्वोच्चको आदेश विकासको बाधक भएको बताएका छन्।

सोमबार प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले निजगढ विमानस्थलको अर्को कुनै विकल्प नभएको बताए। ‘‘निजगढसम्बन्त्री सर्वोच्चको निर्णय जे आयो, त्यो विकासको बाधक हुन्छ,’’ उनले भने, ‘‘राज्यका निकाय विकासको सहयोगी हुनुपर्छ, बाधक होइन।’’

उनले आफू स्वयं निजगढ विमानस्थलको निरीक्षणमा पुगेको स्मरण गर्दै नेता नेपालले त्यहाँ कुनै जंगल नभएको तथा विमानस्थल बनाउँदा वन विनाश नहुने दाबी गरे।

सर्वोच्चले १२ जेठमा बाराको निजगढमा प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण नगर्न आदेश दिएको थियो।

सर्वोच्चका न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, प्रकाशमान सिंह राउत र मनोजकुमार शर्माको बृहत पूर्ण इजलासले निजगढ विमानस्थल बनाउने सरकारको निर्णय बदर गरी निजगढको विकल्प खोज्न आदेश दिएको हो।

सरकारले भने आर्थिक वर्ष २०७९ ८० को नीति तथा कार्यक्रममा उक्त विमानस्थल निर्माणका लागि समेत बजेट छुट्याएको छ। सर्वोच्चले विमानस्थल निर्माणको काम रोक्न आदेश दिए पनि सरकारले लगानी बोर्डमार्फत निर्माण कार्य अगाडि बढाउने घोषणा गरेको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved