काठमाडौं-चितवनको बाटो छोट्याउन आवश्यक छैन : पूर्वअर्थमन्त्री खतिवडा

उनले प्रचण्डले आफ्नो घर जानका लागि बाटो छोट्याउने बजेट ल्याएको टिप्पणी गर्दै उक्त फास्ट ट्र्याक आवश्यक नभएको बताए।

नेपालभ्युज

काठमाडौं-चितवनको बाटो छोट्याउन आवश्यक छैन : पूर्वअर्थमन्त्री खतिवडा

काठमाडौं। पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले काठमाडौं-चितवनको बाटो छोट्याउन आवश्यक नरहेको बताएका छन्। सरकारले काठमाडौं-चितवनको बाटो १ घण्टामा छोट्याउने गरी बजेट विनियोजन गरेको छ।

आगामी आवको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले काठमाडौंदेखि चितवनको यात्रा एक घण्टामा छोट्याउने गरी चन्द्रागिरी, चित्लाङ, पालुङटार द्रूतमार्ग निर्माण गर्ने बताए।

एक टेलिभिजन कार्यक्रममा बजेटमाथि धारणा राख्दै पूर्वअर्थमन्त्री खतिवडाले नागढुङ्गा-मुगलिन सडकखण्ड भएकाले छुट्टै फास्ट ट्र्याक आवश्यक नभएको बताए। उनले प्रचण्डले आफ्नो घर जानका लागि बाटो छोट्याउने बजेट ल्याएको टिप्पणी गर्दै उक्त फास्ट ट्र्याक आवश्यक नभएको बताए।

उनले भने, ‘‘काठमाडौं-पोखराका लागि फास्ट ट्र्याक बन्दैछ, अब काठमाडौं-चितवनका लागि फास्ट ट्र्याक बनाउने भनियो, यो प्रचण्डले आफ्नो घर चाँडो जान ल्याएको बजेट होला, आवश्यक छैन।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved