च्याम्पियन्स लिग उचाल्न आज राति भिड्दै छन् रियल र लिभरपुल

नेपालभ्युज

च्याम्पियन्स लिग उचाल्न आज राति भिड्दै छन् रियल र लिभरपुल

काठमाडौं । संसारकै सबैभन्दा ठूलो क्लब फुटबल टोलीहरूको महासंग्राम युरोपियन च्याम्पियन्स लिग(यूसीएल)को फाइनल खेल आज राति हुँदै छ।

राति पौने एक बजे पेरिसको उत्तरी भागमा रहेको राष्ट्रिय रंगशालामा स्पेनिस क्लब रियल मड्रिड र इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडबीच यो वर्षको यूसीएल उपाधि भिडन्त हुनेछ।

लिगमा सनसनी प्रतिस्पर्धा गर्दै आएको रियलले ८० हजार बढी दर्शक क्षमता भएको रंगशालामा १४ औं पटक उपाधि जितेर सर्वाधिक उपाधि जित्ने रेकर्ड झन् मजबुद बनाउन हरदम प्रयास गर्नेछ।

पेरिसमा लिभरपुलले भने २०१८ मा भोगेको हारको बदला मात्र लिने छैन आफूलाई यो सिजन सबैभन्दा सफल क्लबमा दर्ज गराउन सबैखाले प्रयास गर्नेछ। सन् २०१८ को च्याम्पियन्स लिगको फाइनलपछि यी दुई टोली दुई पटक भिडिसकेका छन्। जसमा एक खेल रियलले ३–१ ले आफ्नो पक्षमा पारेको थियो भने अर्को खेल बराबरी भएको थियो।

यो सिजन दुई उपाधि जितिसकेको लिभरपुल उत्कृष्ट लयमा भए पनि उसले प्रिमियर लिग भने जित्न सकेन। भलै लिगका अन्तिम खेलसम्म आशा जीवितै राख्न सफल भएको थियो। यो सिजन चार ओटा उपाधि जित्ने लक्ष्यमा दौडिएको लिभरपुल म्यानेस्टर सिटीसँग मात्र एक अंकले पछि पर्दा लिग उचाल्नबाट हट्न पुगेको थियो।

अब लिभरपुल रियललाई हराउँदै यो सिजनको तेस्रो उपाधिको खोजीमा छ। लिभरपुल पछिल्लो पाँच सिजनमा तेस्रो पटक च्याम्पियन्स लिगको फाइनलमा पुगिसकेको टोली हो।

लिभरपुलले हालसम्म सात पटक च्याम्पियन्स लिगको ट्रफी चुमिसकेको छ।

यता कार्लो एन्सेलोट्टीको टोली रियल मड्रिडमा आज पनि उनै करिम बेन्जेमा र भिनिसियस जुनिअरको जोडीले दमदार प्रदर्शन गर्न सक्छन्। अहिलेसम्म यो जोडीले मात्र सबैखाले लिगमा १०० गोलको आँकडा पूरा गरिकसकेका छन्। जुन लिभरपुलका लागि खतरा बन्न सक्छ।

जारी च्याम्पियन्स लिगमा सर्वाधिक गोल गर्ने बेन्जेमाले आज पनि गोल थप्न सक्छन्। उनले यो सिजन १५ गोल गरिसकेका छन्। १३ गोल गरेका रोबर्ट लेवण्डोस्कीको नाममा छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved