ओलीले रोष्ट्रमबाट गन्थन मात्रै गरे, कुण्ठाको कुनै जवाफ हुँदैन : गगन थापा

ओलीमाथि थापाको कटाक्ष : रन्थनिएको बेला बसेर, उठेर, सुतेर जसरी बोले पनि हुन्छ

थापाले भने, “प्रश्नको उत्तर हुन्छ। विचारमा टिप्पणी हुन्छ। प्रतिक्रियामा सहमति/असहमति व्यक्त हुन सक्छ। तर, कुण्ठामा त्यस्तो केही पनि हुँदैन।”

नेपालभ्युज

ओलीले रोष्ट्रमबाट गन्थन मात्रै गरे, कुण्ठाको कुनै जवाफ हुँदैन : गगन थापा

काठमाडौं। प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारको नीति तथा कार्यक्रममाथि रोष्ट्रममा उभिएर प्रमुख प्रतिपक्षी दलका अध्यक्ष केपी शर्मा ओलीले गन्थम मात्रै गरेको बताएका छन्।

आजको संसद् बैठकमा बोल्दै थापाले सरकारको नीति तथा कार्यक्रममाथि ओलीले संसद्को रोष्ट्रममा उभिएर गन्थन प्रस्तुत गरेको टिप्पणी गरेका हुन्। उनले ओलीले घण्टौँ समय लिएर गन्थन गरेको बताए।

केही साथीहरुले ओलीले गरेको गन्थनको जवाफदिनुपर्ने बताएको भन्दै थापाले आफूले प्रश्नहरुको मात्रै जवाफ हुने उनीहरुलाई बताएको स्पष्ट पारे। भने, “प्रश्नको उत्तर हुन्छ। विचारमा टिप्पणी हुन्छ। प्रतिक्रियामा सहमति/असहमति व्यक्त हुन सक्छ। तर, कुण्ठामा त्यस्तो केही पनि हुँदैन।”

थापाले रोष्ट्रममा कुर्सी प्रयोग गरेका ओलीमाथि कटाक्ष गर्दै रन्थनिएको बेलामा बसेर, उठेर, सुतेर जसरी बोल्न दिए पनि हुने टिप्पणी गरे। उनले पलेटी कसेर, एक खुट्टामा टेकेर बोले पनि आफूहरुले सुनिदिनुपर्ने बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved