एमालेलाई मीनेन्द्र रिजालको जवाफ: आफ्नै अनुहार हेर्नुस्, हामीसँग किन कुण्ठा पोख्नुहुन्छ ?

नेपालभ्युज

एमालेलाई मीनेन्द्र रिजालको जवाफ: आफ्नै अनुहार हेर्नुस्, हामीसँग किन कुण्ठा पोख्नुहुन्छ ?

काठमाडौं। नेपाली कांग्रेसका नेता मीनेन्द्र रिजालले एमालेले अरुको बुई चढेर सफलता हासिल गरी बनाएको सरकार टिकाउन नसकेपछि कुण्ठा पोखिरहेको टिप्पणी गरेका छन्। संसद्‍मा नीति तथा कार्यक्रमको छलफलमा उनले आफ्नो पार्टी टिकाउन नसकेपछि त्यसको आरोप एमालेले कांग्रेसमाथि लगाइरहेको उनले बताए।

‘‘सरकार बन्यो टिकाउन सक्नुभएन। जसको बुई चढेर चुनावमा सफलता प्राप्त गर्नुभयो उनीहरूलाई सम्मान गर्न नसकेपछि के पो टिक्थ्यो? आफ्नै पार्टी टिकाउन सक्नुभएन हामीलाई भन्नुहुन्छ। कमसेकम आफ्नो अनुहार र रूप हेरे हुन्छ किन कुण्ठा हामीसँग पोख्ने पोख्ने?”, उनले भने,  ‘‘हाम्रा कारणले केही भएको होइन। यसपालिको हारलाई पनि स्वीकार गर्नुस् आगामी चुनाव तयारी गर्न सजिलो हुन्छ।’’

उनले संसदीय चुनावमा एमालेले माओवादीसँग मिल्दा पनि कांग्रेसले लोकप्रिय मत पाएको भन्दै उनले भने, ‘‘प्रत्यक्ष निर्वाचनमा पहिले चुनावमा ३५.७ प्रतिशत मत हामीले पाएका थियौं, एमालेले ३०.७ प्रतिशत मत पाएको थियो। कहाँ गयो एमाले भन्दिए हुन्थ्यो ? कता खोज्ने एमाले भन्दिए हुन्थ्यो भनिएन हामीले? हामीले त्यति मत ल्याए पनि २३ सिट जित्यौं।’’

एमालेले माओवादीसँग मिलेर सरकार बनाए पनि आफ्नै साथीहरूलाई सम्मान गर्न नसकेपछि सरकार टिकाउन नसकेको कुण्ठा नपोख्न आग्रह गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved