मोबाइल अफ गरेर रञ्जन कोइराला फरार, भाग्न सक्ने आशंकामा सीमा नाकामा निगरानी

सर्वोच्चको पूर्ण इजलासले सशस्त्र प्रहरीका पूर्व डिआइजी रञ्जन कोइरालाको सजाँया उल्टाएसँगै उनी फरार रहेका छन्। सर्वोच्च अदालतले यसअघिको आफ्नै फैसला उल्टाउँदै जन्मकैदको सजाय कायम गरिदिएपछि डिआइजी कोइराला फरार भएका हुन्।

नेपालभ्युज

मोबाइल अफ गरेर रञ्जन कोइराला फरार, भाग्न सक्ने आशंकामा सीमा नाकामा निगरानी

काठमाडौं। सर्वोच्चको पूर्ण इजलासले सशस्त्र प्रहरीका पूर्व डिआइजी रञ्जन कोइरालाको सजाँया उल्टाएसँगै उनी फरार रहेका छन्। सर्वोच्च अदालतले यसअघिको आफ्नै फैसला उल्टाउँदै जन्मकैदको सजाय कायम गरिदिएपछि डिआइजी कोइराला फरार भएका हुन्।

निलम्बित प्रधानन्यायाधीश राणा र न्यायाधीश तेजबहादुर केसीको इजलासले कोइरालाको जन्मकैदलाई घटाएर ८ वर्ष कायम गरिदिएको थियो। कारागारबाट २ वर्षअघि छुटेका कोइरालाको सजायाँ फेरि पुरानै कायम गरिएपछि प्रहरीले फरार सूचीमा राखेर पक्राउ गर्न देशभरका संयन्त्रलाई सक्रिय पारेको छ।

पछिल्लो फैसलासँगै कोइरालालाई पक्राउ गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो, विशेष ब्युरो, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, जिल्ला प्रहरी कार्यालयहरूलगायतबाट प्रहरी खटिएका प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विष्णुकुमार केसीले बताए।

उनी भाग्न सक्ने आशंकामा नेपाल–भारततर्फका सीमा नाकामा पनि निगरानी कडा बनाउन प्रहरी प्रधान कार्यालयले मातहत युनिटलाई निर्देशन दिएको उनले बताए। उनले भने ‘‘अदालतको फैसला कार्यान्वयनका लागि औपचारिक माध्यमबाट पत्र आउँदै गर्छ तर, हामीले विषयको गाम्भीर्यतालाई मध्यनजर गर्दै पक्राउ गर्न संयन्त्रहरू परिचालन गरिसकेका छौँ ।’’

बिहीबार सर्वोच्च परिसरमै थिए रञ्जन कोइराला

बिहीबार फैसला हुनु केही अघिसम्म कोइराला सर्वोच्च अदालतमै थिए। उनी सर्वोच्चबाट बाहिरिएपछि मोबाइल फोन स्विच अफ गरेर सम्पर्कविहीन बनेका छन्।

पछिल्लो पटक २०७७ साउन ८ मा डिल्लीबजार कारागारबाट मुक्त भएपछि भने उनी कहिले सानेपा, कहिले बानेश्वर र इचंगुनारायणलगायत स्थानमा बस्ने गरेको बताइएको छ।

बिहीबार कामु प्रधानन्यायाधीश दीपककुमार कार्की तथा न्यायाधीशहरू टङ्क मोक्तान र कुमार चुडालको इजलासले रञ्जन कोइरालाको निर्णयलाई उल्टाएर २० वर्ष नै कायम गरिदिएको हो। उनले करिब ९ वर्ष पहिले पत्नी गीता ढकालको हत्या गरी शरीर टुक्रा पारेर टिस्टुङको जङ्गलमा जलाएको पुष्टि भएको थियो।

जिल्ला र उच्च अदालतले २० वर्ष कैद सजाय सुनाएको थियो। पत्नी हत्याको अपराध साबित भए पनि प्रधानन्यायाधीशसमेतको इजलासले १२ वर्ष सजाय घटाइदिएपछि कोइराला २०७७ साउन ८ गते जेलमुक्त भएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved