राहदानी विभाग आइतबार पनि खुल्ने, जेठ १५ देखि राहदानीसम्बन्धी सेवा दिने

विद्युतीय राहदानी सहज रूपमा उपलब्ध गराउने सरकारको नीति अनुसार आउँदो आइतबार अर्थात् जेठ १५ गतेदेखि सार्वजनिक बिदाको दिन आइतबार पनि राहदानीसम्बन्धी सेवा प्रदान गर्ने विभागले जनाएको छ।

नेपालभ्युज

राहदानी विभाग आइतबार पनि खुल्ने, जेठ १५ देखि राहदानीसम्बन्धी सेवा दिने

काठमाडौं। राहदानी विभागले बिदाको दिन आइतबार पनि सेवा प्रदान गर्ने भएको छ। विद्युतीय राहदानी सहज रूपमा उपलब्ध गराउने सरकारको नीति अनुसार आउँदो आइतबार अर्थात् जेठ १५ गतेदेखि सार्वजनिक बिदाको दिन आइतबार पनि राहदानीसम्बन्धी सेवा प्रदान गर्ने विभागले जनाएको छ।

सरकारको आर्थिक वर्ष २०८९ \८० को नीति तथा कार्यक्रममा पनि विद्युतीय राहदानी सरल र सहज रूपमा उपलब्ध गराउने भनिएको छ। सरकारले आइतबार पनि सार्वजनिक बिदा दिएपछि विभागमा सेवाग्राहीको चाप बढेको छ।

यही चापलाई मध्यनजर गर्दै विभागले आउँदो आइतबारदेखि अर्को व्यवस्था नभएसम्म प्रत्येक हप्ताको आइतबार बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म विभाग खुल्ने सूचना जारी गरेको छ। यो समयमा राहदानीको लागि आवेदन दिएकाहरूले विभागमा गएर राहदानी सम्बन्धी सेवा लिन सक्नेछन्।

यस्तै विभागले, प्रिइनरोलमेन्ट पोर्टल तथा प्रणालीमा देखिएका प्राविधिक समस्याहरूको समाधान हुने गरी सफ्टवेयरमा मेजर अपडेटसमेत गरेको छ। यो अपडेट पश्चात् यसअघि प्रिइनरोलमेन्टमा देखिएका धेरैजसो समस्या समाधान हुने विभागले जनाएको छ। प्रिइनरोलमेन्टको क्रममा केही समस्या भएमा जानकारी गराउन समेत विभागले अनुरोध गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved