भक्तपुरमा झर्‍यो मेलम्चीको पानी (तस्वीरहरू)

नेपालभ्युज

भक्तपुरमा झर्‍यो मेलम्चीको पानी (तस्वीरहरू)

काठमाडौं। भक्तपुर नगरपालिकाकामा मेलम्चीको पानी वितरण शुरु गरिएको छ। कटुञ्जे पानी ट्याङ्कीबाट मेलम्चीको पानी भक्तपुरमा वितरण थालिएको हो। बिहीबार दिउँसो १२ बजेदेखि नगरपालिका वडा नं. १, २, ३, ४ र ५ वडामा आजदेखि मेलम्चीको खानेपानी वितरण शुरु भएको हो।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र केयूकेएल भक्तपुरका निवर्तमान प्रमुख सुरेन्द्र हिमालय श्रेष्ठले बिहीबार संयुक्त रूपमा मेलम्चीको पानीको साँचो खोली भक्तपुरबासीहरुको घरघरमा खानेपानी वितरण शुरु गरिएको हो।उक्त अवसरमा नगर प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाले खानेपानीको समस्या समाधानतर्फ शुरुदेखि आवश्यक पहल गरिरहेको र निर्वाचनमा पनि खानेपानीलाई पहिलो प्राथमिकतामा राख्दै जनतालाई जेठको दोस्रो हप्ताभित्र मेलम्चीको पानी वितरण गर्नेमा जोड दिएका थिए।

खानेपानी वितरण शुरु गरिएसँगै विगत २० वर्षदेखि खानेपानीको समस्या भोगिरहेका खौमा, इटाछेँ, बोलाछेँ, टौमढीलगायतका स्थानीयलाई राहत भएको छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved