एमाले र लोसपालाई हराउँदै कांग्रेसले जित्यो महाराजगञ्ज

कपिलवस्तुको महाराजगञ्ज नगरपालिकाको मेयर र उपमेयर दुवै नेपाली कांग्रेसले जितेको छ।

नेपालभ्युज

एमाले र लोसपालाई हराउँदै कांग्रेसले जित्यो महाराजगञ्ज

काठमाडौं। कपिलवस्तुको महाराजगञ्ज नगरपालिकाको मेयर र उपमेयर दुवै नेपाली कांग्रेसले जितेको छ।

मेयरमा दाेस्राे कार्यकालका लागि निर्वाचित अब्दुल कलाम मुसलमानले १० हजार दुई सय मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार रामदास चौधरीले ८ हजार ६६८ मत ल्याए भने लोसपाका उम्मेदवार ओंकारनाथ शुक्लाले दुई हजार ४७४ मत पाए।

उपप्रमुखमा कांग्रेसकी उम्मेदवार रीता कुमारी कुर्मी ११ हजार १६७ मत ल्याएर निर्वाचित हुँदा उनकी प्रतिस्पर्धी एमालेकी भानमती यादवले ७ हजार दुई सय मत ल्याइन्। लोसपाकी उम्मेदवार साबित्रीदेवी कुर्मी दुई हजार ५०५ मतसहित तेस्राे भइन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved