काठमाडौंको मतगणना- २२ हजार मत गन्न बाँकी हुँदा बालेनलाई २० हजारको अग्रता

काठमाडौं महानगरपालिकामा गणना भएका १ लाख ६८ हजार ४८७ मतमध्ये साह २० हजार ७४३ मतान्तरले अघि छन्।

नेपालभ्युज

काठमाडौंको मतगणना- २२ हजार मत गन्न बाँकी हुँदा बालेनलाई २० हजारको अग्रता

काठमाडौं। काठमाडौं महानगरपालिकामा गणना भएका १ लाख ६८ हजार ४८७ मतमध्ये साह २० हजार ७४३ मतान्तरले अघि छन्। अब २२ हजार मत गन्न बाँकी हुँदा बालेनलाई २० हजारको अग्रता मिलेको हो।

मतगणनाको प्रारम्भिक चरणदेखि नै अग्रता बढाउँदै लगेका बालेनले नेपाली कांग्रेसकी सिर्जना सिंह र एमालेका केशव स्थापितलाई पछाडि पार्दै आएका थिए।

पछिल्लो मत परिणामअनुसार बालेनले ५४ हजार ७१८ मत प्राप्त गरेका छन्।
गठबन्धनका तर्फबाट उम्मेदवार कांग्रेसकी सिर्जना सिंहले ३४ हजार ६०८ मत प्राप्त गरेकी छिन्।

एमालेका उम्मेदवार केशव स्थापित तेस्रो स्थानमा छन्। उनले ३३ हजार ९ सय ७५ मत प्राप्त गरेका छन्।  काठमाडौं महानगरपालिकाका ३२ मध्ये २८ वडाको अन्तिम परिणाम आइसकेको छ भने पाँच वडाको गणना जारी छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved