युक्रेन युद्धपछि मोदी–बाइडेन भेट, द्विपक्षीय साझेदारी थप बलियो बनाउने

नेपालभ्युज

युक्रेन युद्धपछि मोदी–बाइडेन भेट, द्विपक्षीय साझेदारी थप बलियो बनाउने
फाइल तस्वीर

टोकियो। अमेरिका र भारतको प्रमुख नेतृत्वबीच भेटवार्ता भएको छ । रुसले युक्रेनबारे हेर्ने दृष्टिकोण फरक भइरहँदा अमेरिकी राष्ट्रपति जो बाइडेन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच मंगलबार टोकियोमा भएको वार्ता भएको हो।

वार्तापछि द्विपक्षीय साझेदारी थप बलियो र गतिशील हुने मन्त्रालयको अपेक्षा छ । दुई देशका नेताबीच क्वाड सम्मेलनका क्रममा साइडलाइन वार्ता भएको हो ।

वार्तामा दुई देशबीच रणनीतिक साझेदारी, लोकतान्त्रिक मूल्य र कानुनी शासनका आधारमा अन्तर्राष्ट्रिय व्यवस्था कायम राख्ने प्रतिबद्धता भएको मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।

बैठकका क्रममा दुई देशको उच्च नेतृत्वबीच नियमित उच्चस्तरीय वार्तालाई निरन्तरता दिने सहमति जुटेको छ । वार्तामा रक्षा र सुरक्षा सहयोग दुई देशका लागि महत्त्वपूर्ण भएको उल्लेख गर्दै द्विपक्षीय सहयोग थप सुदृढ गर्ने उपायबारे पनि छलफल भएको जनाएको छ।

वार्ताका क्रममा प्रधानमन्त्री मोदीले दुई देशबीचको जनसम्बन्धलाई थप सुदृढ गर्न उच्च शिक्षाको सहकार्य अझै बढाउन आग्रह गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved