तलबभत्ताबाट दलित बस्तीमा मासिक राहत वितरण गर्ने लहान नगरप्रमुखको घोषणा

तलबभत्ताबाट नगरका करीब चार हजार घरधुरी दलित बस्तीमध्ये हरेक महीनाको २२ गते प्रतिपरिवार १० किलो चामल, एक लिटर खानेतेल र एक किलो नुन बाँड्ने नगरप्रमुख चौधरीले बताए।

नेपालभ्युज

तलबभत्ताबाट दलित बस्तीमा मासिक राहत वितरण गर्ने लहान नगरप्रमुखको घोषणा

सिरहा। लहान नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख महेशप्रसाद चौधरीले आफ्नो तलबभत्तावापत आउने रकमबाट हरेक महीना दलित बस्तीमा राहत बाँड्ने घोषणा गरेका छन्।

पदभार ग्रहण गर्दै उनले नियमानुसार आफूले नगरपालिकाबाट पाउने तलबभत्ताबाट दलित बस्तीमा मासिक चामल, दाल, नुन र तेललगायतका सामग्री वितरण गर्ने घोषणा गरे।

तलबभत्ताबाट नगरका करीब चार हजार घरधुरी दलित बस्तीमध्ये हरेक महीनाको २२ गते प्रतिपरिवार १० किलो चामल, एक लिटर खानेतेल र एक किलो नुन बाँड्ने नगरप्रमुख चौधरीले बताए।

यस्तै, उनले प्रत्येक नागरिकको व्यक्तिगत घटना दर्ता निःशुल्क गर्ने र मुसहर समुदायलाई किरिया खर्चका लागि पाँच हजार नगद नगरपालिकाले दिने घोषणासमेत गरे। नागरिकताको सिफारिस, जन्म, मृत्यु, विवाह दर्ता निःशुल्क गरिने पनि बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved