मधेस प्रदेश

लोसपाको तर्क- मुख्यमन्त्रीले विश्वासको मत नलिइ नीति तथा कार्यक्रम ल्याउन मिल्दैन

लोसपाको तर्क- मुख्यमन्त्रीले विश्वासको मत नलिइ नीति तथा कार्यक्रम ल्याउन मिल्दैन

जनकपुरधाम । जनमत पार्टी नेतृत्वको सरकारले ल्याउन लागेको नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत हुन नपाउँदै प्रक्रियामा विवाद उत्पन्न भएको छ ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का प्रदेश अध्यक्ष एवम् प्रदेश सांसद जितेन्द्र सोनलले प्रदेशसभाले नै नचिनेको सरकारले नीति तथा कार्यक्रम ल्याउन नमिल्ने तर्क गरेका छन् ।

पूर्व मन्त्री समेत रहेका सोनलले राजनीतिक परम्परा र लोकतान्त्रिक संस्कारको संरक्षण गर्नुपर्ने बताए । लोसपाको संसदीय दलको बैठकपछि उनले भने, ‘सरकार (मुख्यमन्त्री) ले विश्वासको मत नलिँदै नीति तथा कार्यक्रम ल्याउन मिल्दैन ।’

समय अभावको बहानामा लोकतान्त्रिक संस्कारलाई धुमिल पार्ने प्रयास भइरहेको टिप्पणी उनको थियो ।

उनले यसबारे सञ्चार माध्यमहरुले पनि प्राथमिकतासाथ आवाज उठाउनुपर्ने धारणा राखे ।

सोमबार बसेको प्रदेश सभाको बैठकमा प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नेपालको संविधानको धारा १८४ को उपधारा (२) बमोजिम प्रदेश सरकारको आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम सम्बोधन गर्ने बताइएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved