विशेष र शून्य समयमा सांसदहरूले ‘ट्याइँट्याइँ कराएको’ र ‘जथाभावी बोलेको’ ओलीको आरोप

‘त्यो विशेष समय, शून्य समयमा कराएका विभिन्नहरूले ट्याइँट्याइँ कराएको सुन्नुहुन्न तपाईंहरू ? के बोल्छन्, के बोल्छन् ? ओहो ! जथाभावी बोलेका छन्’, बिहीबार एमाले भक्तपुर जिल्ला कमिटीको कार्यक्रममा सम्बोधन गर्दै उनले भने ।

नेपालभ्युज

विशेष र शून्य समयमा सांसदहरूले ‘ट्याइँट्याइँ कराएको’ र ‘जथाभावी बोलेको’ ओलीको आरोप

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संसद्को विशेष र शून्य समयमा सांसदहरूले जथाभावी बोलेको आरोप छन् ।

उनले देशको गरिबी अन्त्य गर्नुपर्ने भए पनि त्यतापट्टि कसैले नसोचेको तर संसद्‌मा भने ट्याइँट्याइँ कराएको बताए ।

‘त्यो विशेष समय, शून्य समयमा कराएका विभिन्नहरूले ट्याइँट्याइँ कराएको सुन्नुहुन्न तपाईंहरू ? के बोल्छन्, के बोल्छन् ? ओहो ! जथाभावी बोलेका छन्’, बिहीबार एमाले भक्तपुर जिल्ला कमिटीको कार्यक्रममा सम्बोधन गर्दै उनले भने ।

ओलीले पार्लियामेन्टको विशेष समय देशको समय र जनताका लागि बोलिने समय भएको बताए । उनले थपे, ‘तर, भ्रम छर्न, झुट छर्न, बेइमानी छर्नका लागि कराएका छन् । यस्तालाई देशको चिन्ता छ ?’

ओलीले आफूहरूको काँधमा गरिबी अन्त्य गर्ने, समृद्धि हासिल गर्ने र सम्पूर्ण जनतालाई सुखी बनाउने अभिभारा रहेको भन्दै त्यो पूरा गर्ने गरी काम गर्नुपर्ने बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved