काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको हिजोदेखि सुरु एकता महाधिवशेनमा आजबाट बन्द सत्र सुरु भएको छ ।
बन्द सत्रमा अध्यक्ष उपेन्द्र यादवले राजनीतिक प्रस्तावको प्रतिवेदन प्रस्तुत गर्दैछन् ।
यादवको प्रस्तावमाथि विभिन्न समूहले छलफल गर्ने प्रवक्ता मनिष सुमनले जानकारी दिए ।
अध्यक्ष यादवको प्रस्तावमाथिको छलफल लगत्तै लेखा समितिका अध्यक्ष अमरेश नारायण झाले लेखापरीक्षणको प्रस्ताव पेस गर्ने छन् । पार्टी विभाजन भएको केही दिनमै जसपा नेपालले महाधिवेशनको आयोजना गरेको हो ।
महाधिवेशन जनकपुरमा हिजोदेखि जारी छ ।
महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । पार्टी विभाजन भएकाले अध्यक्षमा पुनः उपेन्द्र यादव दोहोरिने लगभग निश्चित छ ।
महाधिवेशनले अध्यक्षबाहेक सहअध्यक्ष १, उपाध्यक्ष ५, महासचिव २, उपमहासचिव ३, सचिव ७ र कोषाध्यक्ष एक गरि २०१ केन्द्रीय सदस्य र कार्यकारिणी सदस्य निर्वाचित गर्ने सुमनले बताए ।
Facebook Comment
Comment