काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत रौतहटको चन्द्रपुर नगरपालिका–२ मा सोमबार बिहान भएको बस दुर्घटनामा परी १० जना घाइते भएका छन्। घाइतेमध्ये ७ जना भारतीय नागरिक रहेका छन्।
प्रहरीका अनुसार, काठमाडौंबाट महोत्तरीतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ५२१६ नम्बरको बस बिहान करिब साढे ४ बजे अनियन्त्रित भई सडकबाट करिब ७ फिट तल खसेको थियो। दुर्घटनामा बसमा सवार २५ जनामध्ये १० जना घाइते भएका हुन्।
घाइते हुने भारतीय नागरिकहरूमा सितामढी जिल्ला बस्ने ४४ वर्षीया रेखा देवी, २२ वर्षीया जहदेवी झा, ११ वर्षीय बिसु कुमार पटेल, दरभंगा जिल्लाका २६ वर्षीय मोहमद अमज र मोहमद अकिल रहेका छन्। यसैगरी, ३८ वर्षीया नरगिस खातुन र २ वर्षीय आयस प्रतिक रहेको रौतहट प्रहरी प्रवक्ता डीएसपी दीपक रायले जानकारी दिए ।
यस्तै घाइते हुने नेपालीहरूमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१ का २३ वर्षीय अनुष्का निगम, जनकपुरका ३५ वर्षीया सन्तोषी ठाकुर र महोत्तरीको जलेश्वर नगरपालिका–४ की ४३ वर्षीया पुनम ठाकुर छन् ।
Facebook Comment
Comment