फेरि बढ्यो इन्धनको मूल्य, पेट्रोल प्रतिलिटर १८० रुपैयाँ

नेपालभ्युज

फेरि बढ्यो इन्धनको मूल्य, पेट्रोल प्रतिलिटर १८० रुपैयाँ

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा फेरि मूल्यवृद्धि गरेको छ।

निगमले फेरि पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटर १० रुपैयाँका दरले बढाएको छ भने ग्यासको मूल्य प्रतिसिलिन्डर २०० रुपैयाँ वृद्धि गरेको छ। आज राति १२ बजेदेखि लागू हुनेगरी मूल्य वृद्धि गरेको निगमले जनाएको छ।

निगमले ग्यासको मूल्य बढाएर प्रतिसिलिन्डर १८०० रुपैयाँ बनाएको छ।

जसअनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर १८० रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १६३ रुपैयाँ भएको छ। आयल निगमले नोक्सानी बढेको भन्दै इन्धनको मूल्य बढाएको जनाएको छ।

May be an image of text


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved