सबैभन्दा पहिले सचिवालय सुदृढीकरण गर्छु : गोपाल हमाल

हमालले उपमहानगरपालिकामा रहेको अधूरा योजनालाई निरन्तरता दिने बताए।

नेपालभ्युज

सबैभन्दा पहिले सचिवालय सुदृढीकरण गर्छु : गोपाल हमाल

धनगढी। धनगढी उपमहानगरपालिकाका नवनिर्वाचित मेयर गोपाल हमालले सबैभन्दा पहिले आफ्नो सचिवालय सुदृढीकरण गर्ने बताएका छन्। धनगढीको मेयरमा विजयी भएपछि संक्षिप्त प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन्।

‘‘पहिलो प्राथमिकता सचिवालय सुदृढीकरण हुन्छ, किनभने जबसम्म सचिवालय सुदृढीकरण हुँदैन तबसम्म कुनै पनि योजनाहरू सही तरिकाले कार्यान्वयन हुँदैनन्। त्यसकारणअहिले जुन सचिवालय छ यसलाई कसरी सुदृढीकरण गर्न सकिन्छ भनेर कार्यालय प्रमुख र विभिन्न शाखाका प्रमुखहरू सँग बसेर उहाँहरूको सल्लाह लिएर हामी अगाडि बढ्छौँ,’’ उनले भने।

यस्तै हमालले उपमहानगरपालिकामा रहेको अधूरा योजनालाई निरन्तरता दिने बताए। उनले भने,‘‘जति पनि अधूरा योजना छन् ती सम्पन्न गर्ने हाम्रो पहिलो प्राथमिकता नै रहन्छ। अधूरा रहेका योजना समय सीमाभित्र गुणस्तर कायम गरेर सम्पन्न गर्ने कार्यतर्फ लाग्छौँ।’’

हमाल २६ हजार ८६५ मतसहित धनगढी उपमहानगरको प्रमुखमा विजयी भएका छन्। उनका प्रतिद्वन्द्वी सत्ता गठबन्धनबाट उम्मेदवार नेपाली कांग्रेसका नृपबहादुर वडले १४ हजार ८१७ मत प्राप्त गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved