प्रधानमन्त्री देउवा र अमेरिकी उपविदेश मन्त्री जियाबीच भेटवार्ता

प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी नागरिक सुरक्षा लोकतन्त्र र मानव अधिकारसम्बन्धी अमेरिकी उपविदेश मन्त्री उर्जा जियाबीच भेटघाट भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा देउवा र जियाबिच आइतबार बिहान छलफल भएको हो।

नेपालभ्युज

प्रधानमन्त्री देउवा र अमेरिकी उपविदेश मन्त्री जियाबीच भेटवार्ता
तस्वीर- रासस

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी नागरिक सुरक्षा लोकतन्त्र र मानव अधिकारसम्बन्धी  उपविदेश मन्त्री उज्रा जियाबीच भेटघाट भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा देउवा र जियाबिच आइतबार बिहान छलफल भएको हो।

प्रधानमन्त्रीसँगको भेटमा दुईपक्षिय सम्बन्धनबाहेक अरू विषयमा छलफल नभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले बताए। उनले भने ‘‘नेपाल अमेरिका कूटनीति सम्बन्ध स्थापनाको ७५ वर्ष पुरा भएको अवसरमा द्धीपक्षिय भेटघाट बढेको मात्र हो। द्धीपक्षिय सम्बन्ध बाहेक अरू विषयमा उहाँहरूबिच छलफल भएको छैन।’’

नेपाल भ्रमणमा रहेकी अमेरिकी उपविदेशमन्त्री जियाले प्रधानमन्त्रीसँगको भेटमा नेपालमा रहेका तिब्बती शरणार्थीहरूको मानव अधिकार रक्षाको सवालमा लचक बनिदिन आग्रह गरेकी स्रोतले जनाएकाले छ।

बालुवाटारको भेटपछि जियाले परराष्ट्रमन्त्रीलगायतका उच्च पदस्थ व्यक्तित्वहरूसँग भेट गर्नेछिन्। अहिले होटल मेरिटमा गएकी उनले त्यहाँ द्विपक्षीय सम्बन्धका विभिन्न आयाममा कुराकानी हुने जनाइएको छ।

तिब्बत मामिलासम्बन्धी विशेष संयोजक समेत रहेकी जिया शुक्रबार नेपाल आएकी हुन्। भारत भ्रमण सकेर उनी काठमाडौं आएकी थिइन्। भारतमा रहँदा उनले दलाई लामासँग समेत भेट गरेकी थिइन्। उनको भ्रमणलाई लिएर चीनले चासोसमेत व्यक्त गरेको थियो।

तिब्बतको मामिलामा नेपाल एक चीन नीतिमा अडिग छ। यस्तो अवस्थामा तिब्बत मामिला हेर्ने उच्च अधिकारीको भ्रमणलाई महत्वका साथ हेरिएको छ। जियाले तिब्बती शरणार्थी शिविर र बौद्ध क्षेत्रको भ्रमण समेत गरेकी छिन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved