भरतपुर महानगर : रेनुसँग विजयको मतान्तर बढ्दै, जगन्नाथले कटाए १० हजार

गठबन्धनको निर्णयमा विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेसका पुराना नेता जगन्नाथ पौडेलले पनि १० हजार मत कटाएका छन्। उनले अहिलेसम्म १० हजार १३ मत पाएका छन्।

नेपालभ्युज

भरतपुर महानगर : रेनुसँग विजयको मतान्तर बढ्दै, जगन्नाथले कटाए १० हजार

काठमाडौं। भरतपुर महानगरपालिकामा पाँच दलीय गठबन्धनको तर्फबाट मेयरमा उम्मेदवारी दिएकी रेनु दाहालले अग्रता फराकिलो बनाउँदै लगेकी छन्।

अहिलेसम्मको मतगणनामा गठबन्धनकी उम्मेदवार रेनुले २८ हजार ६०८ मत पाएकी छन्। उनका प्रतिस्पर्धी नेकपा एमालेका विजय सुवेदीले २३ हजार ९० मत पाएका छन्।

यस्तै, गठबन्धनको निर्णयमा विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेसका पुराना नेता जगन्नाथ पौडेलले पनि १० हजार मत कटाएका छन्। उनले अहिलेसम्म १० हजार १३ मत पाएका छन्।

उपमेयरमा पनि गठबन्धनकै उम्मेदवारको अग्रता कायम छ। गठबन्धनको तर्फबाट उम्मेदवार रहेका कांग्रेसका चित्रसेन अधिकारीले ३० हजार ९०१ मत ल्याएका छन्।

एमाले र राप्रपाको गठबन्धनबाट उपमेयर उम्मेदवार राप्रपाकी हिमला गुरुङले १७ हजार ९२० मत पाएकी छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved