विराटनगरको मेयरमा कांग्रेसका नागेश कोइराला विजयी

विराटनगर महानगरपालिकाको प्रमुखमा सत्तारुढ नेपाली कांग्रेसका उम्मेदवार नागेश कोइरालाले जितेको छन्। शनिबार बिहान सम्पन्न मतगणनामा उनी विजयी भएका हुन्।

नेपालभ्युज

विराटनगरको मेयरमा कांग्रेसका नागेश कोइराला विजयी

काठमाडौं। विराटनगर महानगरपालिकाको प्रमुखमा सत्तारुढ नेपाली कांग्रेसका उम्मेदवार नागेश कोइरालाले जितेको छन्। शनिबार बिहान सम्पन्न मतगणनामा उनी विजयी भएका हुन्।

उनी संयुक्त गठबन्धनका तर्फका उम्मेदवार हुन्। उनले करिब ३० हजार माथि मत प्राप्त गर्दै विजयी प्राप्त गरेका हुन्।

अन्तिम मत परिणामसम्ममा उनले ३० हजार १ सय ७० मत ल्याएर महानगर प्रमुखमा निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालय विराटनगरले जनाएको छ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार सागर थापाले २१ हजार ४५५ मात्रै मत पाए।

अन्तिम मत परिणाम अनुसार कोइराला र थापाको मतान्तर ८ हजार ७१५ हो। त्यस्तै राप्रपाका मेयर उम्मेदवार प्रह्लादप्रसाद साहले ५ साह २१६ मत पाए।

उता स्वतन्त्र उमेश यादवले भने ८ हजार ९९५ मत प्राप्त गरेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved