ओलीको गृहनगर दमकको मेयर र उपमेयर दुवैमा एमाले पराजित

विजयी भएका थापाले १७ हजार ५२५ र निकटतम प्रतिस्पर्धी बनेकी एमालेकी पौडेलले १६ हजार ९६६ मत पाएका छन्।

नेपालभ्युज

ओलीको गृहनगर दमकको मेयर र उपमेयर दुवैमा एमाले पराजित

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगर झापाको दमक नगरपालिकामा एमाले पराजित भएको छ। नगर प्रमुख र उपप्रमुख दुवै पदमा एमाले पराजित भएको हो।

दमकको मेयरमा ६ दलीय गठबन्धनको तर्फबाट राप्रपाका उम्मेदवार रामकुमार थापा विजयी भएका छन्। उनले नेकपा एमालेका उम्मेदवार गीता कुमारी पौडेललाई ५५९ मतान्तरले हराए।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार विजयी भएका थापाले १७ हजार ५२५ र निकटतम प्रतिस्पर्धी बनेकी एमालेकी पौडेलले १६ हजार ९६६ मत पाएका छन्।

उपप्रमुखमा पनि ६ दलीय गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार रेगिना भट्टराई विजयी भइन्। उनले १७ हजार ७२ मत पाउँदा एमालेका उम्मेदवार अम्बिकाप्रसाद खनालले १६ हजार ५७४ मत पाए।

दमकमा सत्ता गठबन्धनका पाँच दल र राप्रपाबीच चुनावी तालमेल भएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved