कविलवस्तुको शिवराज नगरपालिका पनि जित्यो राप्रपाले

नेपालभ्युज

कविलवस्तुको शिवराज नगरपालिका पनि जित्यो राप्रपाले

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिकामा राप्रपाका अजय थापा र नेकपा एमालेकी शिवकुमारी चौधरी निर्वाचित भएका छन्।

मेयरमा निर्वाचित राप्रपाका थापाले ७ हजार ६०२ मत पाए भने उनका निकटतम प्रत्यासी नेकपा एमालेका महादेव पोखरेलले ७ हजार १२८ मत ल्याए।

त्यस्तै, उपमेयरमा नेकपा एमालेकी शिवकुमारी चौधरी निर्वाचित भइन्। निवर्तमान उपमेयर समेत हुन् उनी। उनले ७ हजार ९५५ मत प्राप्त गर्दा निकटतम नेपाली कांग्रेसकी शारदा कार्कीले ६ हजार १८५ मत पाइन्।

जिल्लाका १० मध्ये ५ स्थानीय तहको मात्र परिणाम सार्वजनिक भएको छ। शिवराजसँगै राप्रपाले ३ पालिका प्रमुखमा जित हात पारेको छ। यसअघि झापाको हल्दीबारी गाउँपालिका र काठमाडौंको शंखरापुर नगरपालिका राप्रपाले जितिसकेको छ।

 

 

 

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved