बर्दिबासमा माओवादीको लालकिल्ला भत्कियो, स्वतन्त्र प्रह्लाद क्षत्री भारी मतले विजयी

बर्दिवास नगरपालिकाको सम्पन्न मतगणनाअनुसार मेयर र उपमेयर दुवै पदमा स्वतन्त्र जेब्रा घोडा चिन्हका उम्मेदवार निर्वाचित भएका छन्।

नेपालभ्युज

बर्दिबासमा माओवादीको लालकिल्ला भत्कियो, स्वतन्त्र प्रह्लाद क्षत्री भारी मतले विजयी

जनकपुरधाम। नेकपा माओवादीको लालकिल्ला मानिएको बर्दिबास नगरपालिकामा स्वतन्त्र उम्मेदवार प्रहलाद क्षत्रीले भारी मतान्तरले जित हासिल गरेको छ। क्षत्रीले ५हजार ८ सय ८७ मतको फराकिलो मतान्तरमा विजयी भएका हुन्।

बर्दिवास नगरपालिकाको सम्पन्न मतगणनाअनुसार मेयर र उपमेयर दुवै पदमा स्वतन्त्र जेब्रा घोडा चिन्हका उम्मेदवार निर्वाचित भएका छन्। मेयरमा प्रह्लाद क्षत्री (स्वतन्त्र)ले १४२१० मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादीका मेयरका उम्मेदवार राजु खड्काले ८३२३ मत मात्र प्राप्त गरे।

त्यसैगरी उपमेयरमा तारादेवी महतो (स्वतन्त्र) उम्मेदवारले ९७३६ प्राप्त गरेकी छन् भने माओवादीबाट कृष्णमाया गौतमले ८१८५ मत प्राप्त गरेकी छन्। तारादेवीले १५५१ मतको अन्तरले विजयी भएकी हुन्।

बर्दिबास नगरपालिका वडा अध्यक्षहरू

वडा न.१ –भोला खडका (स्वतन्त्र जेब्रा चिन्ह)

वडा न.२ –धिरेन्द्र कुमार सिंह(नेकपा एमाले)

वडा न.३–बिराट बिष्ट (नेकपा एमाले)

वडा न.४–अक्कल वहादुर तामाङ(नेपाली काङ्ग्रेस )

वडा न.५ –काहारमान स्याङतान( नेकपा एमाले)

वडा न.६– पदम आले मगर ( माओबादी केन्द्र)

वडा न.७ – रामस्वगरथ यादव(स्वतन्त्र जेब्रा चिन्ह)

वडा न.८ – समसेर सिंह(माओवादी केन्द्र)

वडा न.९ – घुरन महतो (लोसपा)

वडा न.१०–प्रमोद कुमार मोक्तान(नेपाली काङ्ग्रेस)

वडा न.११– पुर्ण वहादुर वल(माओवादी केन्द्र)

वडा न.१२–रामकिशोर साह( माओवादी केन्द्र)

वडा न.१३–लक्ष्युमण सिंह(स्वतन्त्र जेब्रा चिन्ह)

वडा न.१४– विजय कुमार महतो(स्वतन्त्र जेब्रा चिन्ह)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved