सुन्दरबजार र मध्यनेपालको मेयरमा कांग्रेस, उपमेयरमा एमाले विजयी

निर्वाचन अधिकृत कार्यालयका अनुसार सुन्दरबजारमा कांग्रेसका कृष्णप्रसाद कोइराला र मध्यनेपालमा रमेशकुमार पाण्डे निर्वाचित भएका हुन्।

नेपालभ्युज

सुन्दरबजार र मध्यनेपालको मेयरमा कांग्रेस, उपमेयरमा एमाले विजयी

लमजुङ। जिल्लाको सुन्दरबजार नगरपालिका र मध्यनेपाल नगरपालिकामा गठबन्धनका तर्फबाट नेपाली कांग्रेस विजयी भएको छ।

निर्वाचन अधिकृत कार्यालयका अनुसार सुन्दरबजारमा कांग्रेसका कृष्णप्रसाद कोइराला र मध्यनेपालमा रमेशकुमार पाण्डे निर्वाचित भएका हुन्।

सुन्दरबजारमा नवनिर्वाचित कोइरालाले ६ हजार ६४१ मत प्राप्त गरेका थिए भने उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका भीमबहादुर गुरुङले ६ हजार ३६ मत पाए।

त्यस्तै, उपप्रमुखमा एमालेकी भवानी केसीले पाँच हजार १८ मत प्राप्त गर्दै विजयी भइन्। उनको निकटम प्रतिद्वन्द्वी सत्ता गठबन्धनका उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का रामबाबु अधिकारीले दुई हजार २०४ मत प्राप्त गरे।

त्यस्तै, मध्यनेपालमा कांग्रेसका पाण्डेले ३३७ मतले एमालेका राजकुमार श्रेष्ठलाई पछि पार्दै विजयी भए। पाण्डेले ६ हजार ५५१ मत पाउँदा उनका प्रतिद्वन्द्वी एमालेका श्रेष्ठले ६ हजार २१४ मत प्राप्त गरेको निर्वाचन अधिकृत दुर्गाप्रसाद भुर्तेलले बताए।

विजयी पाण्डे यसअघिका समेत नगर प्रमुख हुन्। प्रमुखमा पराजित श्रेष्ठ यसअघिका उपप्रमुख हुन्।

त्यस्तै, उपप्रमुखमा एमालेकी सीता गुरुङले सत्ता गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका उपेन्द्र अधिकारीलाई एक हजार ३४२ मत अन्तरले हराउँदै विजयी भइन्। उनले ६ हजार ४१६ मत पाउँदा उनको निकटम प्रतिद्वन्द्वी उपेन्द्रले पाँच हजार ७४ मत पाए।

सुन्दरबजारमा २० हजार ७९६ मतदाता रहेकोमा १४ हजार ५२ मत खसेको थियो। यस्तै, मध्यनेपालमा २० हजार ९२ कूल मतदातामध्ये १३ हजार ७७१ मत खसेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved