गोरखाको वीरेन्द्र ताल फुटेको आशंका, बुढीगण्डकीमा बाढी

नेपालभ्युज

गोरखाको वीरेन्द्र ताल फुटेको आशंका, बुढीगण्डकीमा बाढी

काठमाडौं । गोरखाको वीरेन्द्र ताल फुटेको आशंका गरिएको छ । चुमनुब्रीको तल्लो क्षेत्रमा बाढी आएपछि ताल फुटेको आशंका गरिएको हो ।

बाढीले चुमनुब्री- १ मा  १५ मिटर लामो एउटा काठको पुल बगाएको  छ । चुमनुब्री गाउँपालिकाको मनास्लु क्षेत्रमा रहेको ताल फुटेको भन्दै सर्वसाधारण त्रसित भएका छन् ।

ताल फुटेर पानी बाहिर बगेको जानकारी आफुले पनि पाएको प्रमुख जिल्ला अधिकारी भोला दाहालले बताए । हिमपहिरोले तालमा दबाब परेको अनुमान गरिएको छ ।

बाढीबाट हुने क्षति कम गराउन ताल रहेको क्षेत्र तर्फ सुरक्षा संयन्त्र पठाइएको प्रजिअ दाहालले जानकारी दिए । बाढीले क्षति पुर्‍याउन सक्ने भन्दै धार्चे, आरुघाट लगायत क्षेत्रमा सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरिएको छ ।

बुढी गण्डकीमा धमिलो पानी र बाढी आएपछि ताल फुटेको आशंका गरिएको हो । चुमनुब्री गाँउपालिका उपाध्यक्ष लक्ष्मी गुरुङले तालमा हिमपहिरो खसेकाले तालको पानी छचल्किएर बाहिर आएको खबर आफुले पाएको बताइन् ।

गुरुङले ताल नै फुटेको नभई तालमा हिमपहिरो आएकाले पानी बाहिर पोखिएको हुनसक्ने बताइन् । तालको अवस्था बारे बुझ्ने प्रयास भइरहेको गुरुङले बताइन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved