बुढीगण्डकीमा पानीको सतह बढेपछि तटीय क्षेत्रका बासिन्दालाई बेलुकासम्मै सचेत रहन आग्रह

नेपालभ्युज

बुढीगण्डकीमा पानीको सतह बढेपछि तटीय क्षेत्रका बासिन्दालाई बेलुकासम्मै सचेत रहन आग्रह

काठमाडौं ।  गोरखाको चुमनुव्री १ सामागाउँको वीरेन्द्र तालमा हिमपहिरो गएका कारण बुढीगण्डकी नदीमा पानीको बहाब बढेको छ ।

बुढीगण्डकी नदीमा पानीको सतह बढेपछि तटीय क्षेत्रका बासिन्दालाई बेलुकासम्मै सचेत रहन आग्रह गरिएको छ ।

बिहान साढे ८ बजेतिर आएको हिमपहिरोले तालको पानी छचल्किएर बगेको छ । सामागाउँबाट साम्दो जाने पैदलमार्गको एउटा काठेपुल पनि बगाएको छ ।

नेपाल बाढी सूचनाले बुढीगण्डकी नदी तटीय क्षेत्रमा पर्ने गोरखा र धादिङका बासिन्दालाई आज बेलुकासम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

हिमपहिरो खसेपछि बूढीगण्डकी नदीमा पानीको बहाव बढेकाले नदी वरपर नजान र सर्तक रहन सबैलाई आग्रह गरिएको गोरखाका प्रमुख जिल्ला अधिकारी भोला दाहालले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved