काठमाडौं छाडेर ललितपुर महानगरको मतगणना भइरहेको ठाउँमा पुगे बालेन

राष्ट्रिय सभागृहमा जारी आफ्नो मतगणना छाडेर बालेन आफूले राजनितिक गुरु मानेका व्यञ्जनकारको भोट गन्न ललितपुरको मतगणनास्थल जावलाखेलस्थित स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानमा पुगेका हुन्। बालेनले ललितपुरमा अग्रता बनाएका उम्मेदवार चिरीबाबु महर्जनसँग पनि कुराकानी गरेका छन्।

नेपालभ्युज

काठमाडौं छाडेर ललितपुर महानगरको मतगणना भइरहेको ठाउँमा पुगे बालेन
तस्वीर : ममन महर्जनको फेसबुकबाट।

काठमाडौं। बालेन्द्र शाह (बालेन) काठमाडौं महानगरपालिकाको आफ्नो मतगणनास्थल छाडेर ललितपुर महानगरपालिकाको मतगणनास्थलमा पुगेका छन्।

काठमाडौं महानगरपालिकाको मेयर पदमा फराकिलो अन्तरमा अग्रता बनाएका बालेन ललितपुर महनगरको वडा नम्बर १० बाट स्वतन्त्र उमेदवारी दिएका नरसिंह व्यञ्जनकारको प्रतिनिधिका रुपमा मतगणनास्थलमा पुगेका हुन्।

राष्ट्रिय सभागृहमा जारी आफ्नो मतगणना छाडेर बालेन आफूले राजनितिक गुरु मानेका व्यञ्जनकारको भोट गन्न ललितपुरको मतगणनास्थल जावलाखेलस्थित स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानमा पुगेका हुन्।

बालेनले ललितपुरमा अग्रता बनाएका उम्मेदवार चिरीबाबु महर्जनसँग पनि कुराकानी गरेका छन्। तर, मतगणनास्थलमा सञ्चारकर्मीसँग भने उनले केही पनि कुरा गर्न चाहेनन्।

नरसिंह व्यञ्जनकार ललितपुरका चर्चित स्वतन्त्र उमेदवार हुन्। यसअघि, उनले पञ्चायत कालदेखि लगातार १० पटकसम्म एकै वडाबाट वडाध्यक्षको पदमा जित हासिल गरिरहेका छन्।

२०२९ सालमा पहिलोपटक वडाध्यक्ष बनेका उनको यस पटक ११ औँ पटक उक्त पदमा उम्मेदवारी दिएका थिए।

नरसिंह व्यञ्जनकारका छोरा कुमार व्यञ्जनकार बालेनका निकै नजिकका सहयोगी मानिन्छन्। यो निर्वाचनमा उनी बुबालाई सहयोग गर्नभन्दा पनि बालेनलाई सहयोग गर्न लागि परेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved