भरतपुर महानगर : अग्रता बढाउँदै रेनु, १६०० मतले पछि परे विजय

गठबन्धनविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएपछि नेपाली कांग्रेसको कारबाहीमा परेका जगन्नाथ पौडेलले ४ हजार ४३९ मत पाएका छन्।

नेपालभ्युज

भरतपुर महानगर : अग्रता बढाउँदै रेनु, १६०० मतले पछि परे विजय

भरतपुर। भरतपुर महानगरपालिकामा गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहालले अग्रता बढाउँदै लगेकी छन्। २७ हजार मतगणना हुँदा रेनु नेकपा एमालेका विजय सुवेदीभन्दा एक हजार ६०० भन्दा बढी मतले अगाडि छन्।

रेनुले अहिलेसम्म ९ हजार ८०१ मत पाएकी छन्। एमालेका उम्मेदवार सुवेदीले आठ हजार १८४ मतसहित पछ्याइरहेका छन्। गठबन्धनविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएपछि नेपाली कांग्रेसको कारबाहीमा परेका जगन्नाथ पौडेलले ४ हजार ४३९ मत पाएका छन्।

उपमेयर पदमा पनि गठबन्धनका उम्मेदवार करीब दोब्बर मतले अगाडि छन्। गठबन्धनबाट उपमेयरमा उम्मेदवार रहेका नेपाली कांग्रेसका चित्रसेन अधिकारीले अहिलेसम्म ११ हजार ७४० मत पाएका छन्। एमाले–राप्रपा गठबन्धनकी उम्मेदवार हिमला गुरुङले ६ हजार ६६८ मत पाएकी छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved