तिलाठी-कोइलाडीमा कांग्रेसले तीन हजार कटाउँदा एमालेको जम्मा चार मत

सप्तरीकै छिन्नमस्ता गाउँपालिकामा पनि एमालेले जम्मा ९ मत ल्याएको छ। यहाँ लोसपाले ९९३ मतसहित अग्रता बनाउँदा एमाले नवौँ स्थानमा छ।

नेपालभ्युज

तिलाठी-कोइलाडीमा कांग्रेसले तीन हजार कटाउँदा एमालेको जम्मा चार मत

सप्तरी। सप्तरीको तिलाठी-कोइलाडी गाउँपालिकाको अध्यक्ष पदको निर्वाचनमा एमालेले झिनो मत ल्याएको छ। यहाँ नेपाली कांग्रेसका उम्मेदवार अरुणकुमार मण्डलले तीन हजार ६१ मतसहित अग्रता बनाएका छन्।

मण्डललाई लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का सतिशकुमार सिंहले एक हजार ८४० मतसहित पछ्याइरहेका छन्। यस्तै जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार निरजकुमार निरज तेस्रोमा छन्।

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भने यहाँ जम्मा चार मतसहित छैटौँ स्थानमा छ।

यस्तै सप्तरीकै छिन्नमस्ता गाउँपालिकामा पनि एमालेले जम्मा ९ मत ल्याएको छ। यहाँ लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का विद्यानाथ चौधरीले ९९३ मतसहित अग्रता बनाउँदा एमाले नवौँ स्थानमा छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved