ओखलढुंगाको चिशंखुगढीमा मत बराबर भएपछि कांग्रेस कार्यकर्ताले च्याते मतपत्र

नेपालभ्युज

ओखलढुंगाको चिशंखुगढीमा मत बराबर भएपछि कांग्रेस कार्यकर्ताले च्याते मतपत्र

ओखलढुंगा। ओखलढुंगाको चिशंखुगढी गाउँपालिकामा वडा नम्बर ३ मा दुई वडाध्यक्षको मत बराबरी आएपछि नेपाली कांग्रेसका कार्यकर्ताहरूले मतपत्र च्यातेका छन्।

नेकपा (माओवादी केन्द्र)का वडाध्यक्षका उम्मेदवार उमेश श्रेष्ठले पुनः मतगणना गर्नुपर्ने माग राखेका थिए। पुनः मतगणना गर्ने क्रममा कांग्रेसका कार्यकर्ताले दुई ओटा मतपत्र च्यातेका ओखलढुंगाका प्रहरी नायब उपरीक्षक शुकदेव खनालले जानकारी दिए।

श्रेष्ठ र कांग्रेसका वडाध्यक्ष उम्मेदवार निरकुमार मगरको मत बराबर आएको थियो।

कांग्रेसका जिल्ला सचिव राजकुमार ढुंगाना नेतृत्वका कांग्रेस कार्यकर्ताले मतपत्र च्यातेपछि मतगणस्थलमा तनाव सिर्जना भएको छ। मतपत्र च्यात्ने कांग्रेस सचिव ढुंगानासहितका कांग्रेसका कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ।

यसबारेमा प्रहरील‍े मुख्य निर्वाचन अधिकृतको कार्यलयसँग समन्वय गर्ने विषयमा छलफल गर्ने बताएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved