मोदीको स्वागतमा होटेलमा भारतीय नागरिकको लाइन

नेपालभ्युज

मोदीको स्वागतमा होटेलमा भारतीय नागरिकको लाइन

लुम्बिनी। लुम्बिनी आइपुगेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागतमा भारतीय नागरिकहरू लाइनमा बसेका छन्। बिहान १० बजेर ५० मिनेटमा लुम्बिनी आइपुगेका मोदी अहिले मायादेवी मन्दिरमा पूजा गरिरहेका छन्।

११ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी लुम्बिनी आइपुगेका मोदी केहीबेरमा पवन इन्टरनेशनल होटल पुग्नेछन्। होटेलमा स्वागतका लागि भारतीय नागरिक छन्।

होटेलमा १२ बजेर ३५ मिनेटमा दुवै देशको परराष्ट्रका अधिकारीसँग भेटवार्ता हुनेछ। १२ बजेर ४५ मिनेटमा प्रधानमन्त्री शेरबहादुर देउवासँग मोदीको द्विपक्षीय भेटवार्ता हुनेछ।

दिउँसो १ बजे डेलिगेशनबीच भेटवार्ता हुनेछ। पौने २ बजे मोदी प्रधानमन्त्री देउवाले आयोजना गर्ने दिवाभोजमा सरिक हुनेछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved