पोखरा महानगरमा गठबन्धनको अग्रता

नेपालभ्युज

पोखरा महानगरमा गठबन्धनको अग्रता

काठमाडौं। पोखरा महानगरपालिकामा मेयर र उपमेयर पदमा गठबन्धनको अग्रता कायम रहेको छ।

हालसम्मको मत परिणाम अनुसार पाँचदलीय गठबन्धनबाट मेयर पदका उम्मेदवार नेकपा एकीकृत समाजवादीका धनराज आचार्य ९२३ मतसहित अगाडि छन्। उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवार कृष्ण थापाले ८०६ मत प्राप्त गरेका छन्।

उपमेयर पदमा पनि गठबन्दबाट उम्मेदवार नेपाली कांग्रेसकी कोपिला रानाभाट एक हजार २८ मतसहित पहिलो स्थानमा छिन्। उनलाई पछ्याइरहेकी एमालेकी उम्मेदवार मञ्जु गुरुङले ९ सय ४ मत प्राप्त गरेकी छिन्।

अहिले पोखरा महानगरपालिकाको वडा नं.१,२ र १२ को मतगणना भइरहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved